site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रचण्डलाई कोभिड भएपछि ओलीलाई भेट्न देउवा एक्लै पुगे बालकोट 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोट पुगेर प्रधानमन्त्री देउवाले भेटवार्ता गरेका हुन् । 

भेटमा संसद अवरोध, एमसीसीलगायत विषयमा छलफल भएको छ । देउवाले संसद अवरोध हटाउन र एमसीसी संसदबाट अनुमोदनका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

ओलीलाई भेट्न देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँगै बालकोट जाने तय भए पनि दाहाललाई कोभिड संक्रमण भएपछि देउवा एक्लै गएका हुन् । 

नेकपा एमालेले भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । 

Royal Enfield Island Ad

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् । 
 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २४, २०७८  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro