अर्थ व्यवसाय
काठमाडौं । रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ ।
कम्पनीले पुस २१ गते पनि माइलेज च्यालेन्ज आयोजना गर्यो । महाराजगन्जदेखि बूढानीलकण्ठ हुँदै झोर, बौडेश्वर इको रिसोर्टसम्मको ¥यालीमा प्रतिलिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी पहिलो बने ।
त्यसैगरी, प्रतिलिटर ७४ किमिका साथ भीमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भए भने सन्जिता महर्जन प्रतिलिटर ७३.५ किमिका साथ तेस्रो भएकी कम्पनीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस २२, २०७८ १२:५२
प्रतिक्रिया दिनुहोस्