site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँ खेल्न जाँदै हुनुहुन्छ ? छाला स्वास्थ्यबारे यी कुरामा सतर्क हुनुहोस् 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । गए रातिदेखिको वर्षासँगै उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भइरहेको छ ।

काठमाडौं उपत्यका नजिकका डाँडाहरूमा पनि हिमपात भएको छ । हिउँ परेका स्थानहरूमा बुधबार बिहानैदेखि नै हिउँ खेल्न जानेहरूको घुइँचो लागेको देखिन्छ । हिउँमा रमाइरहँदा छाला स्वास्थ्यको पनि त्यत्तिकै ख्याल गर्नुपर्ने हुन्छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विशेषगरी छालाको समस्या भएकाहरूले खाली हातले हिउँ नखेल्न छालारोग विशेषज्ञहरू सुझाव दिन्छन् । १० देखि १५ मिनेटभन्दा बढी खाली हातले हिउँ खेल्दा 'चिल ब्लेन' (छाला निलो हुँदै जाने) समस्या हुन्छ । धेरै चिसोका कारण रक्तनली खुम्चिने र पर्याप्त सक्तसञ्चार नहुने कारणले यस्तो समस्या देखिन्छ ।

त्यसैगरी लामो समयसम्म चिसो हुँदा छालामा फोका आउने, चिलाउनेलगायत चिसोबाट हुने विभिन्नखाले एलर्जी देखिन्छ । यस्तो समस्या चिसो पानीमा धेरै काम गर्ने गृहीणीहरूमा पनि देखिइरहेको हुन्छ । विशेषगरी हिउँमा खेल्दा छालामा हुनसक्ने विकिरणको असरबारे सतर्क हुनु जरुरी छ ।

Royal Enfield Island Ad

घाम लागेको समयमा हिउँले घामबाट आएको विकिरण ९० प्रतिशतसम्म रिफ्लेक्ट गर्ने गर्दछ । अर्थात् घाममा हुने परावैजनी किरणहरूलाई हिउँले रिफ्लेक्ट गर्ने गर्छ र सो किरण मानिसको छालामा पर्न गएमा त्यसले नकारात्मक असर गर्दछ ।

त्यसैले हिउँ खेल्न जानुअघि पनि छालामा सनब्लक क्रिमहरू पर्याप्त लगाउनुपर्छ । जाडो महिनामा यसैपनि छालालाई सुरक्षित राख्न विभिन्न उपायहरू अपनाइरहुन पर्दछ । त्यस्तै चिसोका कारण छाला निलो भएका हातखुट्टा तताउन सिधै हिटर या आगोको प्रयोग गर्नु हुँदैन । पहिले मनतातो पानीमा हात खुट्टालाई डुबाउने गर्नुपर्छ । यसो गर्दा खुम्चिएका नसाहरू विस्तारै सन्तुलनमा आउँछन् र छालामा हुने एलर्जीजस्ता समस्याबाट बच्न सकिन्छ ।

त्यसैगरी जाडोयाममा हिटर प्रयोग गर्दा छाला सुख्खा हुने भएकाले शरीरलाई सन्तुलनमा राख्न मनतातो पानी पिइरहुनुपर्छ । सँगसँगै कोठाको सापेक्षित आद्रता सन्तुलन गर्न कुनै खुला भाँडोमा पानी राखिरहुनपर्दछ ।

(वरिष्ठ छालारोग विशेषज्ञ डा. सविना भट्टराईसँगको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro