site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जोर्डनको संसद्मा कुटाकुट, टेलिभिजनमा प्रत्यक्ष प्रसारण (भिडियोसहित)
Sarbottam CementSarbottam Cement

एजेन्सी । संविधान संशोधनको विषयलाई लिएर जोर्डनका सांसदले कुटाकुट गरेका छन् ।

टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेको संसदीय बहस झडपमा परिणत भएको हो । संसद्मा लैंगिक समानतालगायत विषयमा भएको बहस टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । सांसदहरूबीच कुटाकुट भएपछि मंगलबारको संसद् बैठक स्थगित गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बहस बढ्दै जाँदा सांसदहरू एकार्कालाई औँला ठड्याएर धकेलाधकेल गर्दै हात हालाहालको स्थितिमा पुगेका हुन् ।

त्यसक्रममा सांसदहरू आक्रोशित हुँदै संशोधनलाई ‘बेकार’ भनेर विरोध गरेका थिए । सभामुख बाहिरिएपछि संसद् बैठक बुधबारसम्मका लागि स्थगित गरिएको थियो ।

Global Ime bank

सन् १९५२ मा जारी भएको जोर्डनको संविधान २९ पटक संशोधन गरिएको छ । संशोधनबाट विधायिकाको खर्चमा राजाको शक्ति बढिरहेको विज्ञहरू बताउँछन् । एएफपी र फ्रान्स ट्वान्टी फोरबाट ।

भिडियो हेर्नोस्–

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय