देश
काठमाडौं । नेपालका सेफ सन्तोष साहले बीबीसीको मास्टरसेफ ‘रिम्याच’को उपाधि हात पारेका छन् । साहले अन्य तीन प्रतिष्पर्धीलाई उछिनेर उपाधि हात पारेका हुन् ।
अघिल्ला वर्षमा फाइनलमा पुगेका प्रतिष्पर्धीहरुलाई पुनः अवसर दिइएको थियो । त्यसमा पनि सन्तोषले नै उपाधि हात पारेका हुन् । सन्तोषले विभिन्न १८ प्रकारका खाना प्रस्तुत गरेका थिए ।
सन्तोषले मालपुवा, बुनिया, गोलभेँडाको अचार, मासको दाललगायतका नेपाली परिकार प्रस्तुत गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, पुस १३, २०७८ ०६:४७
प्रतिक्रिया दिनुहोस्