site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कामना सेवा फुटसलको नकआउट समीकरण पूरा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कामना सेवा फुटसल कप प्रतियोगिताको नकआउट समीकरण पूरा भएको छ । शुक्रबार भएको समूह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुङ्गो लागेको हो । 

प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो ।  समूह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै प्रि–क्वार्टर फाइनल प्रवेश गरे ।

समूह बीबाट नेपाल राष्ट्र बैंक समूह विजेता र मुक्तिनाथ विकास बैंक उपविजेता बने । 

Prabhu Bank
Agni Group
NIC Asia

समूह सीबाट नेपाल इन्भेसमेन्ट बैंक विजेता र हिमालयन बैंक उपविजेता बने ।

समूह डीबाट ज्योती विकास बैंक विजेता र रिलायन्स फाइनान्स उपविजेता बने । 

Global Ime bank

समूह ईबाट मेगा बैंक विजेता र प्रिमियर इन्स्योरेन्स उपविजेता तथा समूह एफबाट सिद्धार्थ बैंक विजेता र कामना सेवा विकास बैंक निलो उपविजेता बने । 

उत्कृष्ट तेस्रो स्थानमा रहदै सिटिजन बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, महालक्ष्मी विकास बैंक र कामना सेवा विकास बैंक हरियोले समेत नकआउट चरणमा स्थान बनाए । 

समूह चरणमा अन्तिम टिमको टुङ्गो टसबाट गरिएको थियो । आयोजकको हरियो टिम र साइन रेसुङ्गा बैंकको टिमबीच अंक (समान ३ अंक), गोल अन्तर (समान–२ अंक) र कार्ड समेतमा बराबर भएपछि टसका आधारमा अन्तिम टिमको टुङ्गो लगाइएको थियो ।

प्रतियोगिताको नकआउट चरणका खेल शनिबार सम्पन्न हुनेछन् ।

पहिलो प्रि–क्वार्टरफाइनलमा कुमारी बैंक र हिमालयन शेर्पा तथा एनआईबीएल र सांग्रिला बैंकबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्ससँग, मेगा बैंकले कामना सेवाको निलो टिमसँग, सिटिजन बैंकले माछापुच्छ्रे बैंकसँग, ज्योती विकासले मुक्तिनाथसँग, सिद्धार्थले प्रिमियर इन्स्योरेन्ससँग र गरिमा विकास बैंकले कामना सेवाको हरियो टिमसँग प्रतिस्पर्धा गर्नेछन् ।

कामना सेवा विकास बैंक र खेलपाटी सहकार्यमा बैंक, वित्तिय सस्था तथा इन्स्योरेन्स कम्पनीलाई समावेश गर्दै प्रतियोगिता आयोजना भएको हो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल सहित उत्कृष्ट गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय