राजनीति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार मसाल (सम्पर्क केन्द्र)सँग एकता घोषणा कार्यक्रममा उनले ओलीको नाम नलिई पार्टीमा प्रवेशका लागि शिला खोज्दै हिँडेको भन्दै व्यंग्य गरे ।
“अवसरवादीहरु गाउँगाउँमा केही मान्छेको शिला खोज्दै हिँड्ने गरेका छन् । पार्टी प्रवेशको नाममा शिला खोज्दै,” उनले भने, “सुनारको सय चोट लोहारको एकै चोट भने जस्तै आज हामीले लोहारको चोट हान्यौं ।”
प्रचण्डले आगामी निर्वाचनबाट कसको हालत के हुन्छ भन्ने देखाउने बताए ।
उनले आगोसँग खेल्दा ओलीले वालुवाटारबाट बालकोट पुगेको र ६ वटै प्रदेशबाट बाहिरिनुपरेको बताए ।
प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८ १५:४७
प्रतिक्रिया दिनुहोस्