जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश नम्बर–२ को अधिवेशनअन्तर्गत अहिले जनकपुरधामस्थित गोपाल धर्मशालामा मतदान भइरहेको छ ।
सभापति पदमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदै छ । रौतहटका कृष्ण यादव र धनुषाका रामसरोज यादव प्यानलसहित चुनावी मैदानमा छन् । दुवै उमेदवारले मतदान गर्न आएका प्रतिनिधिको मन जित्ने प्रयास गरिरहेका छन् ।
केन्द्रीय सभापति शेरबहादुर देउवा समूहबाट सभापतिको उमेदवार बनेका कृष्ण यादवले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । ८० प्रतिशतभन्दा बढी मत आफूलाई आउने उनको भनाइ छ । विगतमा पार्टीका लागि गरेको काम, योगदानको कारण जित्ने उनको जिकिर छ ।
शेखर कोइराला–विमलेन्द्र निधि समूहबाट सभापतिमा उमेदवारी दिएका रामसरोज यादवले पनि आफू अत्यधिक मतले विजयी हुने दाबी गरे ।
आज दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ ।