site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश २ कांग्रेस महाधिवेशन : मैदानमा देउवा भर्सेस निधि–कोइराला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश २ को महाधिवेशनका लागि शेखर कोइराला र विमलेन्द्र निधिले प्यानल बनाएका छन् । उनीहरूले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चावन्दी कसेका हुन् ।

पहिलोपटक बन्न लागेको प्रदेश २ को कार्यसमितिको नेतृत्व गर्न दुईजनाको उमेदवारी परेको छ । जसमा कृष्णयादव र रामसरोज यादवले मनोनय दर्ता गराएका छन् । महाधिवेशन अन्तर्गत बुधबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।

प्रदेश २ को कांग्रेस सभापति बन्न उमेदवारी दर्ता गराएका रामसरोज यादव प्रदेश २ नेपाली कांग्रेस संसदीय दलका नेता हुन् । उनी केन्द्रमा नेता विमलेन्द्र निधि निकट मानिन्छन् । उनी हाल प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रामसरोजलाई शेखर कोइराला समूहले पनि साथ दिएको छ । अर्थात् प्रदेश २ को नेतृत्व समीकरण शेखर कोइराला र विमलेन्द्र निधिले बनाएका छन् ।

“म ५० वर्षदेखि पार्टी राजनीतिमा छु । म सभापति जितेर संगठनलाई गुटरहित बनाउँदै आगामी निर्वाचनबाट प्रदेश २ मा हाम्रो सरकार बनाउँछौँ,” मनोनय दर्तापछि उनले भने ।

Global Ime bank

यता, उनलाई टक्कर दिन पार्टी सभापति शेरबहादुर देउवा समूहबाट कृष्ण यादवले सभापतिमा उमेदवारी दिएका छन् । उनी रौतहट जिल्ला सभापति पनि हुन् । 

“हाम्रो जित सुनिश्चित छ । हामी प्यानलनै जित्छौँ । युवाहरूलाई बढी अवसर दिन्छौँ,” मनोनय दर्ता पछि उनले भने ।

प्रदेशमा उपसभापति, महामन्त्री एक महिलासहित ३ सहमहामन्त्री पदमा निर्वाचन हुनेछ । यसअघि कांग्रेसले ६ प्रदेशको महाधिवेशन सम्पन्न गरिसकेको छ । जसमा गण्डकी र लुम्बिनीबाहेक अन्य प्रदेशहरूमा देउवा समूहको वर्चस्व छ । 

यसअघि अन्य ६ प्रदेशमा देउवा सिटौला समूहको समीकरण बनेको थियो । केन्द्रमा भने पहिलो चरणमा चार समूह भिडेका थिए । दोस्रो चरणमा विमलेन्द्र निधि, प्रकाशमान सिंहले पनि शेरबहादुर देउवालाई सभापतिमा सहयोग गरेका थिए । शेखर कोइराला भने एक्लै चुनाव लडेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !