site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दाना बनाउने कच्चा पदार्थको मूल्य बढ्दा उत्पादन लागत बढ्यो : दाना उद्योग संघ
SkywellSkywell

काठमाडौं । नेपाल दाना उद्योग संघले दाना बनाउने कच्चा पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा उत्पादन लागत बढेको जनाएको छ । दाना बनाउने प्रमुख कच्चा पदार्थहरू मकै, भटमासको पिना, औषधीहरू, कच्चा तेल तथा फिड सप्लीमेन्टहरूको अस्वाभाविक मूल्यवृद्धिबाट उत्पादन लागत बढेको संघले जनाएको छ ।

आर्थिक वर्ष ०७४।०७५ को वजेटसम्म दाना उद्योगहरूका लागि आवश्यक कच्चा पदार्थ मकै तथा भटमासको पिना १.६ प्रतिशतमा छुट्दै आएकोमा २०७५।०७६ बाट मकैमा ५ प्रतिशत र भटमासको पिनामा ९ प्रतिशसम्म कृषि सुधार शुल्क बढाएकोले स्वत दानाको मूल्यमा वृद्धि हुन गएको पनि संघले जनाएको छ ।

Dabur Nepal
NIC Asia

पशुपंक्षिको आहारमा प्रयोग हुने धेरैजसो कच्चा पदार्थहरूको मूल्य बढेसँगै दानाको मुल्यपनि बढेको संघले जनाएको छ । दुई महिनादेखि सरदर ८५ रुपैया प्रति केजी रहेको भटमास पिना १०० र ३०–३२ रहेको मकैको रेट ३९ रुपैया प्रति केजी रहेका कारण दानाको उत्पादनलागत बढेको र कृषकले उत्पादन गर्ने कुखुरा र अण्डाको लागत मूल्य पनि बढेको संघले जनाएको छ ।

हाल नेपालमा करिब ११४ वटा दाना उद्योग रहेका छन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro