देश
![झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु](https://12khari.top/uploads/posts/accident_12khari1615194618.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । झापाको कनकाई नगरपालिका–३ मा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो ।
बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुनसकेको छैन ।
गए राति करिब पौने १२ बजे बाटो पार गर्दै गरेकी महिलालाई ना६ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ट्रकसहित चालकलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १, २०७८ ०९:४०
प्रतिक्रिया दिनुहोस्