काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सुरु हुन सकेको छैन । साढे १० बजेबाट सुरु हुने भनिए पनि मतगणना अझै सुरु हुन सकेको छैन ।
दोस्रो चरणको मतदान केही समय अगाडि सकिएको थियो ।
मतपेटिका राष्ट्रियसभा गृहमा आइसकेको र केही समयमै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
मंगलबार राति राष्ट्रियसभा गृहमा भएको मतदानमा ४५६३ मत खसेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
हिजोको तुलानामा मतदाताको संख्या घटेको छ । सोमबार राति सकिएको मतदानमा ४६७९ मत खसेको थियो ।
सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा हो ।