काठमाडौं । नेकपा माओवादी केन्द्रले संसद् अवरोध खुलाउन पहल गर्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले सदनको अवरोध खुलाउन आग्रह गर्ने निर्णय गरिएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए ।
“एमालेले सदन अवरोध गरिरहेको छ । एमालेले उठाएको मुद्दाका बारेमा सदनले हल गर्न सक्ने विषय परेन । तथापी सदनमा ध्यानाकर्षण गराइसक्नुभएकाले सदन खुलाउनतर्फ सकारात्मक भएर सोच्नुपर्यो । सधै सदन अवरुद्ध गरिरहँदा सिस्टम विफल हुन्छ,” गुरुङले भने,“ त्यसैले सदन खुलाउन आग्रह गर्नुपर्छ । सर्वदलीय बैठक बसेर संसद् खुलाउन पहल गर्नुपर्छ भन्ने कुरा भएको छ । ”
आजबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । एमालेले कारबाही गरेका १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै संसद् बैठक अवरोधलाई निरन्तरताको तयारी गरेको छ ।