
काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा नेता शेरबहादुर देउवा पनि पुगेका छन् ।
दोस्रो चरणको मतदान हुनुअघि पौडेलले चियापान समारोह आयोजना गरेका छन् ।
सभापतिका प्रत्यासी देउवा पुगेका छन् भने अर्का नेता शेखर कोइराला भने अहिलेसम्म पुगेका छैनन् ।
यसअघि शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै चियापान कार्यक्रममै नेता पौडेलविरुद्ध ‘हुटिङ्’ भएको छ ।

लैनचौरमा नेता पौडेलले महाधिवेशन प्रतिनिधिहरुका लागि चियापान आयोजना गरेका थिए ।
सो क्रममा नेता पौडेलले विवेक पुर्याएर मतदान गर्न आग्रह गरे तर कसैको पक्षमा पनि नउभिएपछि उनीविरुद्ध महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए ।
अन्तिम समयमा मैदान छाडेर भागेको, शेखरको पक्षमा नबोलेकोभन्दै उनीविरुद्ध नाराबाजी भएको हो ।