देश
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनको अगुवाइमा आइतबार पनि धर्ना दिइएको छ । सर्वोच्च अदालत परिसरमा धर्ना दिइएको हो ।
नेपाल बारको धर्ना तथा प्रदर्शनमा कानुन व्यवसायीको उपस्थिति भने घट्दै गइरहेको छ । कानुन व्यवसायीले केही समययता प्रत्येक दिन बिहान १० देखि मध्याह्न १२ बजेसम्म सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आइरहेका छ ।
प्रधानन्यायाधीशलाई महाभियोग लगाउनुपर्ने भन्दै यसअघि बार नेतृत्वले विभिन्न दलका शीर्ष नेतालाई ज्ञापनपत्रसमेत बुझाइएको थियो ।
नेपाल बारको अगुवाइमा गएको कात्तिक १४ गतेदेखि निरन्तर रूपमा धर्ना तथा विरोध प्रदर्शन भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २६, २०७८ १६:०९
प्रतिक्रिया दिनुहोस्