site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
फ्रेन्ड्समाथि मनाङको सहज जित
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  आफिज ओलावाले र दिनेश राजवंशीको गोलमा मनाङ मर्स्याङ्दी क्लबले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबलाई २–० ले पराजित गरेको छ ।

जितसँगै मनाङ लिगको शीर्षस्थानमा उक्लिएको छ । मनाङले चार खेलबाट १० अंक जोडेको छ । जावलाखेल र हिमालयन शेर्पालाई समान १–० ले हराएको मनाङले तेस्रो खेलमा संकटासँग २–२ को बराबरी खेलेको थियो । मनाङले दोस्रो स्थानको सातदोबाटो युथ क्लबलाई तीन अंकले पछि पारेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सातदोबाटो र सविक विजेता मच्छिन्द्रको समान सात अंक छ । तथापी मनाङले एक खेल बढी खेलेको छ । मच्छिन्द्रले शनिबार हिमालयन शेर्पा र सातदोबाटो न्युरोड टिम (एनआरटी)विरुद्ध खेल्दैछ ।

फ्रेण्ड्स भने लिगमा जितविहीन छ । फ्रेण्ड्सले दुई खेल बराबरी खेलेको छ भने दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा सातदोबाटो युथसँग गोलरहित बराबरी खेलेको फ्रेण्ड्स दोस्रो खेलमा संकटासँग २–१ ले पराजित भएको थियो । फ्रेण्ड्सले तेस्रो खेलमा थ्री स्टारसँग १–१ को बराबरी खेलेको थियो ।

Global Ime bank

फ्रेण्ड्स कप्तान प्रकाश बुढाथोकीविना मैदान उत्रिएको थियो । प्रकाश थ्री स्टारविरुद्धको खेलमा घाइते भएका थिए । फ्रेण्ड्सले थ्री स्टारविरुद्ध खेलेका प्रिजेन तामाङलाई पनि आराम दिएको थियो । मनाङले भने संकटाविरुद्धको टोलीमा एक परिवर्तन गरेको थियो । प्रशिक्षक फुजा तोपेले प्रवेश कुँवरको स्थानमा एकराज बुढाथोकीलाई पहिलो राजाईमा खेलाएका थिए ।

मनाङका मुख्य प्रशिक्षक फुजा मंगलबार मात्र नेपाल आइपुगेका थिए । यसअघि सहायक प्रशिक्षक राजेन्द्र तामाङले मनाङको प्रशिक्षण सम्हालिरहेका थिए ।

आठ पटकको उपाधि विजेता मनाङले ४१औं मिनेटमा ओलावालेको गोलबाट अग्रता लिएको थियो । अञ्जन विष्टले दायाँ कर्नरको नजिकबाट गरेको क्रसलाई पेनाल्टी क्षेत्रमा अनमार्क रहेका ओलावाले कुनै गल्ती नगरी पोष्टको दिशा दिएका थिए । त्यसको दुई मिनेट अघि ओलावाले नै गोलको राम्रो अवसर खेर फालेका थिए । उनले पेनाल्टी बक्सको दायाँ भागबाट हानेको प्रहार फ्रेण्ड्सका गोलकिपर राहुल यादवले बचाइदिएका थिए ।

५४औं मिनेटमा अञ्जन विष्टले अग्रता दोब्बर बनाउने मौका गुमाए । अञ्जन ‘वान भर्सेस वान’मा गोल गर्न चुकेका थिए । ७२औं मिनेटमा मनाङका ओलावाले पनि अग्रता दोब्बर बनाउने मौका गुमाए । त्यसको एक मिनेट नवित्दै मनाङका दिनेश राजवंशीले अग्रता दोब्बर बनाए । पुजन उपरकोटीको फ्रीकिकलाई दिनेशले हेडमार्फन पोष्टको दिशा दिएका थिए । अञ्जनलाई निसेन सुब्बाले फाउल गरेपछि मनाङले फ्रीकिक पाएको थियो । जारी लिगमा दिनेशको यो दोस्रो गोल हो । दिनेशले जावलाखेलविरुद्ध पनि गोल गरेका थिए ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २४, २०७८  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय