site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
४९ खेलसम्म अपराजित लेभरकुजेन युरोपा लिगको फाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । लगातार ४९औँ खेलसम्म अपराजित रहेको बायर लेभरकुजेन यूईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा रोमाविरुद्ध २–२ को बराबरी खेले पनि समग्रमा ४–२ को जित निकाल्दै जाभी अलोन्सोको टोली लेभरकुजेन फाइनलमा प्रवेश गरेको हो ।

पहिलो लेगमा आफ्नै घरमा पराजित भए पनि रोमाले जर्मनीमा भने सुधारिएको प्रदर्शन गरेको थियो । पछिल्लो ४९ खेलमा अपराजित रहेको लेभरकुजेनले यो अवधिमा खेलेको यो नवौँ बराबरी हो । ४० खेलमा जितको नतिजा निकालेको लेभरकुजेनले यस सिजनमा जर्मन बुन्डेसलिगाको उपाधि समेत सुनिश्चित गरिसकेको छ ।

लेभरकुजेनले अब युरोपा लिगको उपाधिका निम्ति इटालियन टोली एटलान्टाविरुद्ध खेल्नेछ । यी दुई टिमबीचको फाइनल खेल मे २२ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय