site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेंगलुरुको प्लेअफ सम्भावना कायमै, पञ्जाब बाहिरियो 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ६० रनले पराजित भएसँगै पञ्जाब किंग्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त भएको छ ।

बुधबार धर्मशालामा भएको खेलमा बेंगलुरुले प्रस्तुत गरेको २४२ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले १७ ओभरमा सबै विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । 

पञ्जाबका रिली रोसोउले २७ बलमा सर्वाधिक ६१ रन बनाए पनि टिमको हार टार्न सकेनन् । शशांक सिंहले ३७, जोनी बाइस्टोले २७ र कप्तान साम करनले २२ रनको योगदान गरे ।

बेंगलुरुका मोहम्मद सिराजले सर्वाधिक तीन विकेट हात पारे । स्वप्निलसिंह, लकी फर्गुशन र कर्ण शर्माले समान दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको बेंगलुरुले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २४१ रन बनाएको थियो ।

बेंगलुरुका निम्ति विराट कोहलीले सर्वाधिक ९२ रन जोडे । उनले ४७ बलमा सात चौका र ६ छक्का प्रहार गरे । रजत पटिदारले ५५ र कामरोन ग्रिनले ४६ रनको योगदान गरे ।

पञ्जाबका हर्षल पटेलले सर्वाधिक तीन विकेट लिए । विद्वान्त कवेरप्पाले दुई र अर्शदीप सिंह र साम करनले एक/एक विकेट हात पारे ।

जितसँगै १२ खेलबाट १० अंक जोडेको बेंगलुरुले प्लेअफ पुग्ने सम्भावनालाई कायमै राखेको छ । बेंगलुरु तालिकाको सातौँ स्थानमा छ । समान खेलबाट आठ अंकको पञ्जाबको भने प्लेअफमा पुग्ने सम्भावना सकिएको छ । पञ्जाब नवौँ स्थानमा छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro