site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
महाधिवेशनपछि एमाले थप लोकप्रिय :  नेता ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् ।

प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटनसत्रमा नारायणी तीरमा देखिएको ठूलो जनसहभागिता र बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताए । 

मुलुकमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै उनले गठबन्धन सरकारभित्रको अन्योल र न्यायालयमा देखिएको विवादले एमालेको धारणालाई सही सावित गरेको स्पष्ट पारे ।
उनले यही मङ्सिर २८ गतेदेखि हुने सङ्घीय संसद्को अधिवेशनमा एमालेले अवरोधका कार्यक्रमलाई निरन्तरता दिने बताए । नेता ज्ञवालीले पार्टीले कारबाहीको सिफारिस गरेका सांसदहरूलाई कायम राखेर सदन चल्न नसक्ने अडान व्यक्त गरे ।

उनले न्याय क्षेत्रको समस्या समाधान कुनै व्यक्तिलाई कायम राखेर वा हटाएर मात्रै नहुने भएकाले न्याय क्षेत्र सुधारका लागि दिइएको सुझाव प्रतिवेदन कार्यान्वयन हुनुपर्नेमा जोड दिए । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro