site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बाँकेका किसानसँग धान खरिद गर्दै खाद्य कम्पनी, भिजेका र मक्किएका धान नल्याउन आग्रह
Sarbottam CementSarbottam Cement

नेपालगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाँकेका किसानसँग धान खरिद गर्ने भएको छ । यही मङ्सिर २६ गतेदेखि धान खरिद गरिने कम्पनीका नेपालगञ्ज शाखा प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।  

गतवर्ष बाँकेलगायत छिमेकी जिल्लाका किसानका धान खरिद गरेकामा कम्पनीले यस वर्ष बाँकेका किसानसँग मात्र खरिद गर्न लागेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष ढिला गरी धान खरिद सुरु गर्न लागेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले भदौ महिनामै धानको समर्थन मूल्य तोके पनि दसैँपछिको बेमौसमी वर्षाका कारण खरिद प्रक्रिया ढिला गरी सुरु भएको कम्पनीका शाखा प्रमुख विष्टको भनाइ छ । बाँकेका किसानसँग यस वर्ष २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिइएको छ । 

कम्पनीले धान बिक्रीका लागि ल्याउने किसानमा सूचना जारी गर्दै भिजेका र मक्किएका धान नल्याउन आग्रह गरेको छ । आवश्यक मापदण्ड निर्धारण गरी किसानका धान खरिद गर्न लागिएको शाखा प्रमुख विष्टले जानकारी दिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २३, २०७८  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय