site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सातै प्रदेशको आर्थिक वृद्धि घट्यो, सबैभन्दा कमजोर वाग्मती

काठमाडौं । नेपालका सातवटै प्रदेशको आर्थिक वृद्धि घटेको पाइएको छ । विश्व बैंकको पछिल्लो ‘नेपाल वित्तीय संघीयता अपडेट’ले सन् २०२३ मा आर्थिक वृद्धि घटेको देखाएको हो ।

सन् २०२३ मा प्रदेश सरकारहरूको आर्थिक वृद्धि सन् २०२० यताकै कम भएको हो । आर्थिक वृद्धि सबैभन्दा सुस्त हुनेमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) रहेको वाग्मती प्रदेश रहेको छ । वाग्मतीको आर्थिक वृद्धि १.४ प्रतिशत रहेको छ ।

Dabur Nepal
NIC Asia

दोस्रो नम्बरमा मधेस प्रदेशको आर्थिक वृद्धिदर १.७ प्रतिशत छ । सुदूरपश्चिमको आर्थिक वृद्धिदर १.८ प्रतिशत, कर्णालीको १.९ प्रतिशत र कोसीको २.० प्रतिशत छ । लुम्बिनीको आर्थिक वृद्धिदर २.१ प्रतिशत र सबैभन्दा धेरै गण्डकीको ३.३ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२२ को आर्थिक वर्षमा आर्थिक वृद्धिदर कोसीको ५.५, मधेसको ४.६, वाग्मतीको ६.३, गण्डकीको ६.४, लुम्बिनीको ५.०, कर्णाली ५.३ र  सुदूरपश्चिमको ४.८ प्रतिशत रहेको थियो ।

थोक र व्यापार क्षेत्रमा संकुचनका कारण सेवा र औद्योगिक दुवै क्षेत्रमा मन्दी रहेको विश्व बैंकले जनाएको छ । संघीय सरकारले आयातमा लगाएको प्रतिबन्धको असरका कारण सन् २०२३ को पहिलो अर्धवार्षिकीमा प्रदेशको थोक तथा व्यापारमा असर परेको प्रतिवेदनमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro