काठमाडौं । आफ्नो खाताबाट ५० हजार २०० रुपैयाँ रकम घटेपछि उनी झसङ्ग हुन्छन् । उनको खातामा मोबाइल बैंकिङ जोडिएको हुँदा तुरुन्तै थाहा पाउछन् । एनआईसी एसिया बैंकमा खाता रहेको ती पीडितको नाम भने प्रहरीले गोप्य राखेको छ ।
गएको कातिक ७ गते उनको पैसा अन्यत्र गएपछि उनले प्रहरीसमक्ष छानबिनका लागि निवेदन दिन्छन् । प्रहरीको लामो अनुन्धानपछि अनलाइनबाट ठगी गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन् ।
अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीकाअनुसार सम्सी गाउपालिका ६ घर भई धनुषाको जनकपुर मछलीबजार बस्दै आएका १९ वर्षीय शेष फैसललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरी र धनुषाको सहयोमा त्रिभुवन विमानस्थलबाट अभियुक्तलाई बिहीबार पक्राउ गरिएको हो । अभियुक्तलाई आज सार्वजनिक गरी थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।