राजनीति
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश २ को अध्यक्ष रामबाबु यादव बनेका छन् । बुधबार पार्टी कार्यालय जनकपुरमा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विजय यादवलाई हटाएर रामबाबुलाई प्रदेश २ को अध्यक्ष बनाइएको हो ।
यादवको नेतृत्वमा ११ सदस्यीय मधेश प्रदेश समिति गठन भएको छ ।
मधेश प्रदेश समितिमा पाँचजना उपाध्यक्षमा बनाइएको छ । मुख्यसचिवसहित चारजना सचिव र एक जना कोषाध्यक्ष बनाइएको हो ।
रामपृत पासवान, शम्भु झा, शेष नारायण यादव, बृज मोहन तिवारी र रामसेवक यादवलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।
यस्तै, दिनेश कुमार यादव मुख्य सचिव, असुफ अलि सचिव, निरा साह सचिव, शैलेश कुमार साह सचिव र रेणु यादवलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८ १६:०९
प्रतिक्रिया दिनुहोस्