काठमाडौं । नेपाल एसबीआई बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेसनल पेमेन्ट स्विचको पहिलो चरण सञ्चालनको लागि सम्झौता भएको छ ।
नेसनल पेमेन्ट स्विचको पहिलो चरणमा रिटेल पेमेन्ट स्विच अन्तर्गत नेपाल क्यूआर स्ट्यान्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्यूआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टू–पे तथा ई–म्यान्डेटका उपकरणहरू, वालेट–वालेटबीच अन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तर आबद्धता तथा पीएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरू उपलब्ध हुने छन् ।
नेपाल एसबीआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानबीच उक्त सम्झौता भएको हो ।