site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपाललाई ‘धोका’ दिनेलाई ओलीले लगाए पाखा
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले चितवनमा निर्वाचनको तयारी भइरहेको छ ।

अध्यक्षसहित उपाध्यक्ष र सचिव पदमा आकांक्षी धेरै भएपछि निर्वाचन हुने भएको हो । अध्यक्षमा केपी शर्मा ओलीलाई टक्कर दिँदै नेता भीम रावलले उमेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा घनश्याम भुसाल तथा सचिवमा भीम आचार्य र टंक कार्कीले उमेदवारी दिएका छन् ।

यी तिनै नेता हुन्, जो विगतमा माधवकुमार नेपाल र झलनाथ खनालसँगै थिए । पार्टीलाई विभाजनसम्म पुर्‍याउँदा माधव नेपाल पक्षबाट महत्त्वपूर्ण भूमिका खेलेका ती नेताहरू एमालेबाट अलग्गिएर नेपाल–खनालले नेकपा (एकीकृत समाजवादी) बनाउँदा उनीहरूको आलोचना गर्दै ओलीसँग बसेका थिए । उनीहरूलाई नै ओलीले महाधिवेशनको मैदानमा भने पाखा लगाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नवौँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर उपाध्यक्ष निर्वाचित भएका भीम रावलको १०औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बन्ने लक्ष्य थियो । तर, ओलीले ईश्वर पोखरेललाई काखी च्याप्दै उनलाई बेवास्ता गरेपछि अध्यक्षमा उमेदवारी घोषणा गरे । ओलीले बन्दसत्रकै हलमा हैसियत भुलेर महत्त्वकांक्षी नबन्न चेतावनी दिँदै सर्वसम्मतिको प्रयासमा बाधक नबन्न आग्रह गरे । तर, रावलले आफूभन्दा धेरै तल्लो पदबाट अरू नेतालाई आफूसमान पदमा ल्याएपछि ओलीको प्रस्ताव अस्वीकार गर्दै अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।

नेकपा (एमाले)मै छँदा नेपाल समूहका हस्ती मानिन्थे सुरेन्द्र पाण्डे । नेपालको नेतृत्वमा एमाले हुँदादेखि नै महत्त्वपूर्ण जिम्मेवारी पाएका पाण्डे एमाले फुटाउन राष्ट्रिय कार्यकर्ता भेला गर्नेदेखि एमालेको समानान्तर कमिटी घोषणा गर्दै देशव्यापी अभियान चलाउने नेता हुन् । तर, उनै पाण्डेले नेपाललाई एमाले छोड्न बाध्य पार्दा ओलीको साथ रोजेका थिए ।

Global Ime bank

अघिल्लो महाधिवेशनमा माधव नेपाल समूहबाटै महासचिवको उमेदवार भइ झिनो मतान्तरले पराजित भएका उनी माधव नेपाल नेतृत्वको सरकारमा अर्थमन्त्रीसमेत बनेका थिए । उनी भने ओलीनिकट रहेर उपाध्यक्षको उमेदवार सुरक्षित भएका छन् ।

तत्कालीन माधव नेपाल समूहनिकट रहेका र धोका दिनु हुँदैन भन्ने अडानमा पनि अडिएका घनश्याम भुसाललाई सूर्य चिह्न छोडेपछि चुनाव जितिँदैन, पार्टी अलग बनाए पनि अन्त्यमा एमालेमै फर्कनुपर्छ भन्दै रोक्नेमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई थिए । उनीहरूको तर्क मानेर चुनाव जित्नकै लागि एमालेमा बसेका भुसाल भने अहिले एमालेभित्रका ‘विद्रोही’ बनेका छन् ।

नवौँ महाधिवेशनमा शंकर पोखरेललाई हराउँदै उपमहासचिव निर्वाचित भएका भुसाल उनै पोखरेल महासचिवमा निर्विरोध चयन हुँदा आफू भने उपाध्यक्षका उमेदवार बनेका छन् ।

ओलीको कटु आलोचना गर्ने नेतामध्येकी चर्चामा आएकी अष्टलक्ष्मी शाक्य पार्टी विभाजनको पूर्वसन्ध्यामा ओलीतर्फ लागेर वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । उनको मन्त्रिपरिषद्को आयु एक महिना भए पनि उनी ओलीकै आडमा दुई महिना मुख्यमन्त्री बनेकी थिइन् । अहिले उनी ओलीकै विश्वासपात्र बनेर उपाध्यक्षको उमेदवार भएकी छन् ।

यस्तै, ओलीविरोधी नेता थिए युवराज ज्ञवाली । माधव नेपालको साथ छोडेर एकाएक ओलीनिकट भएका उनले पनि उपाध्यक्षमा निरन्तर हुने गरी उपाध्यक्षको उमेदवारी सुरक्षित गर्न सफल भएका छन् ।

ओलीले यसअघि नै सर्वसम्मतिमा दिएको पद स्वीकार नगरी चुनाव लड्नेलाई लड्न छुट दिने तर त्यसपछि उनीहरूको जिम्मा नलिने घोषणा गरिसकेका छन् । ओलीले यसपछि रावलप्रति कस्तो नीति लिन्छन् भन्ने जवाफ उनको त्यही भनाइमा निहित छ ।

रावल ओली प्रधानमन्त्री हुँदा सबैभन्दा ठूलो ‘प्रतिपक्षी’ थिए । माधव नेपाल र प्रचण्डले समेत ओलीको आलोचना नगर्दा नै रावलले ओलीमाथि गम्भीर आरोपहरू लगाएका थिए । पछि माधव–प्रचण्ड समूहले रावलले लगाएकै आरोपहरू लगाएर ओलीलाई कारबाही गरेका थिए । कारबाही निर्वाचन आयोगले कार्यान्वयन नगरेपछि ओली जोगिएका थिए ।

समयक्रममा सर्वोच्च अदालतले नै नेकपाको एकता बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग गरिदिएपछि एमालेमा माधव नेपाल नेतृत्वको समूह मात्र ओलीको विपक्षमा थियो । त्यो समूहको निर्णायक भूमिकामा रावलल नै देखिने गरेका थिए । तर, उनै रावलले पार्टी एकता जोगाउने भन्दै ओलीसँग ‘साँठगाँठ’ गरेपछि माधव नेपाल कमजोर बनेका थिए । यतिसम्म कि रावलले नेपालको तर्फबाट वार्ता समितिको नेतृत्व गरेर नेपालकै आलोचना सुरु गरेका थिए । उनी नेपाल एमालेबाट अलग हुँदा आलोचना गर्नेमध्येका थिए । तर, उनले भरोसा गरेका ओलीले नै उनलाई पाखा लगाएपछि ओलीविरुद्ध नै चुनाव लडेर प्रतिशोध साधिरहेका छन् ।

भीम आचार्य जसले माधव नेपाल–झलनाथ खनाललाई विश्वासमा लिएर ओली पक्षसँग वार्ताकारको जिम्मा लिएका थिए । केही दिनको वार्तापछि उनै आचार्यले ओलीको पक्षमा तर्क गर्दै हिँडे । ओलीले पार्टी फुट्नै लाग्दा प्रदेश नम्बर–१ को मुख्यमन्त्री बनाउन संसदीय दलको नेता बनाइदिएपछि नेपाल–खनाल समूह छोडेर ओलीसँग बसेका थिए । अहिले उनै आचार्यलाई ओलीले कुनै पनि पदमा उमेदवार नबनाएपछि उनी नवौँ महाधिवेशनबाट निर्वाचित भइसकेको सचिव पदमै विद्रोही उमेदवार बनेका छन् ।

नवौँ महाधिवेशनमा सचिव निर्वाचित भएका योगेश भट्टराई खनाल–नेपाल समूहका हस्तीमा गनिन्थे । तर, उनले पनि नेपाललाई एमाले छोड्न बाध्य पारिँदा ओलीको साथ रोजेका थिए । यतिसम्म कि उनले माधव नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी)लाई ‘अप्राकृतिक गर्भधानबाट जन्मिएको पार्टी’ भन्दै महाधिवेशनमा आमन्त्रण नै नगर्ने घोषणा गरेका थिए । उनै भट्टराईलाई ओलीले सचिव पदमै थन्काएका छन् । जबकि, उनीसँगै नवौँ महाधिवशेनबाट सचिवमा निर्वाचित प्रदीप ज्ञवालीलाई भने उपमहासचिवमा बढुवा गरेका छन् ।

नवौँ महाधिवेशनमा स्थायी कमिटी सदस्यसमेत नरहेका विष्णु रिमाललाई पनि ओलीले ‘टिपेर’ उपमहासचिव पदमा पु¥याएका छन् । तर, भट्टराई भने ओलीले दिएको हैसियत स्वीकार गर्दै उनकै गुणगान गाउँदै हिँडेका छन् ।

माधव नेपाललाई ‘धोका’ दिएर ओलीतिर फर्कने १० नेतामध्ये नेपालसँग सबैभन्दा निकट मानिन्थे रघुजी पन्त । उनै पन्तको नाम एमालेको १०औँ महाधिवेशनमा कतै पनि चर्चामा छैन ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement