site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूके, जर्मनी र इटलीमा देखियो ओमिक्रोन भेरियन्ट

एजेन्सी । यूके, जर्मनी र इटलीमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पत्ता लागेको छ । यूकेमा शनिबार दुई ओटा ओमिक्रोन केस पत्ता लागेको त्यहाँका स्वास्थ्यमन्त्रीले बताए । दक्षिण अफ्रिका यात्रा गरेका व्यक्तिमा संक्रमण देखिएको उनले जानकारी दिएका छन् । 
 
यस्तै जर्मनीको बाभारिया राज्यका स्वास्थ्य मन्त्रीले पनि त्यहाँ नयाँ भेरियन्टको दुई ओटा संक्रमण पुष्टि भएको बताएका छन् । 

इटलीको नेशनल हेल्थ इन्टिट्युटले मोजाम्बिकबाट आएका एक जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको बताएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

नयाँ भेरियन्ट पत्ता लागेसँगै यूकेले सुरक्षा मापदण्डमा कडाइ गरेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले अर्को हप्तादेखि पसलहरू र सार्वजनिक यातायातमा फेरि एकपटक माक्स अनिवार्य (म्यान्डेटरी) गर्ने घोषणा गरेका छन् । 

यूके प्रवेश गर्ने सबैको पीसीआर परीक्षण गरिनेछ र नयाँ भेरियन्टको केस देखिएमा पूर्ण खोप लगाएको भए पनि सेल्फ–आइसोलेसनमा बस्नै पर्नेछ । 

नयाँ मापदण्ड अस्थायी र पूर्व सावधानीयुक्त भएको जोन्सनले बताए ।     

यूकेले यसअघि नै दक्षिण अफ्रिकासहित ६ अफ्रिकी मुलुकमा यात्रा प्रतिबन्ध लगाइसकेको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro