site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भू–उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा : मन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूउपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् ।

आज उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उनले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

Agni Group
NIC Asia

मन्त्री श्रेष्ठले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानहरूको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यावसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको पनि जानकारी गराइन् ।

भूमिहीन दलित, भूूमिहीन सुकुुम्बासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको जनाउँदै उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने हुँदा विकास निर्माणका काममा तेरो मेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरिन् ।

Global Ime bank

मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृतिक सम्पदाले महत्त्वपूर्ण हुँदाहुँदै पनि प्रचारप्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको धारणा राखिन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २२:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu