site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेपाल बारको बैठक जारी, प्रधानन्यायाधीशविरुद्ध चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिँदै
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल बार एसोसिएसन पदाधिकारीको बैठक जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले चौथो चरणको विरोधका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

नेपाल बारले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिँदै छ । चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न नेपाल बारका पदाधिकारी आकस्मिक बैठकमा जुटेका हुन् ।

बारको कार्यसमितिसँगै सल्लाहकार र सर्वोच्च बारको कार्यसमितिसहित सल्लाकारको बैठक बसेको हो । चौथो चरणको आन्दोलनमा कानुन व्यवसायीहरूले सडकमा निस्कने तयारी गरेका छन् । यस्तै, देशभरका उच्च अदालतमा केही दिनपछि बृहत् सभा गर्ने नेपाल बारको तयारी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  १४:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय