site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस महाधिवेशन : प्रदेश २ मा जताततै विवाद, दुई मन्त्रीमाथि हातपात
Sarbottam CementSarbottam Cement

जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुदमन्त्री विरेन्द्र सिंहमाथि हातपात भएको छ । कांग्रेस उपसभापति विमेलेन्द्र निधि निकट मन्त्री सिंहमाथि पार्टी केन्द्रीय नेता एवम् प्रतिनिधिसभा सदस्य अमरेशसिंह पक्षधर नेता तथा कार्यकर्ताहरूले बिहीबार हातपात गरेका हुन् ।

उनीमाथि मलंगवास्थित पार्टी कार्यालयमा छलफलको क्रममा हातपात भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सर्लाहीमा दुईसय वडा छन् । तर, कुनै पनि ठाउँमा अधिवेशन हुन सकेको छैन । सोही कार्यक्रममा निर्वाचन अधिकृत दिवाकर पाण्डेमाथि पनि हातपात भएको छ । क्रियाशील सदस्यताको विवादका कारण सर्लाहीको बलरामा वडा अधिवेशन रोक्न माग गरिएको थियो । तर, नर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उनीमाथि हातपात भएको हो ।

मन्त्री सिंह र अधिकृत पाण्डेजस्तै बुधबार धनुषाको मुख्यापट्टी मुसरनियाँ गाउँपालिकास्थित वडा अधिवेशनमा सहभागी हुन पुगेका प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री रामसरोज यादव पनि लखेटिए । अधिवेशनमा धाँधली गर्न लागेको आरोप लगाउँदै अर्को पक्षधरले दुर्व्यवहार गर्न खोज्दा मन्त्री प्रहरीको शरणमा पुगेका थिए । मन्त्रीका सल्लाहकार जीवनाथ चौधरीले सर्वसम्मतिले गर्न खोज्दा असन्तुष्ट पक्षले कोलाहल गरेको बताए । अहिले उक्त पालिकाको वडा नम्बर ५ र ६ को अधिवेशन स्थगित गरिएको छ ।

Global Ime bank

जनकपुरधाम उपमहानगरपालिका २३ मा अधिवेशनका लागि निर्वाचन सम्पन्न भएपनि विवाद भएको छ । मत परिणामपछि प्रतिद्वन्द्वीले असन्तुष्टि जनाएपछि पुनः छानबिन हुन लागेको जिल्ला निर्वाचन अधिकृत अरूण ज्ञवालीले बताए । यहाँ निधि निकट राघवेन्द्र साहले निर्वाचनबाट जितेका थिए । तर, मन्त्री यादवले हस्तक्षेप गरेको कारण प्रमाणपत्र नदिएको उनको भनाइ छ । मन्त्री यादवले आफ्ना मान्छेलाई राख्न खोजेको आरोप लागेको छ । मन्त्री यादव निकट उम्मेदवार रामानन्द चौधरी हुन् । 

यस्तै, धनुषाकै औरही गाउँपालिकामा १ को वडा अधिवेशनमा पनि धाँधली भएको भन्दै जनकपुरस्थित पार्टी कार्यालयमा असन्तुष्ट पक्षहरूले रिले अनशन सुरु गरेका छन् । अधिवेशन खारेजको माग गर्दै उनीहरू बिहीबारदेखि अनशनमा बसेका हुन् ।

पार्टीको वडा अधिवेशनमा जताततै विवाद देखिएको छ । समयमा वडा अधिवेशन हुन नसक्दा पालिकाको अधिवेशन प्रभावित हुनसक्ने नेताहरूको भनाइ छ । पार्टीमा अकांक्षी प्रतिनिधिको संख्या बढ्दा र नातावाद, कृपावाद हावी हुँदा विवाद सिर्जना भएको नेताहरूको आँकलन छ । विवादको कारण सर्लाहीको कुनै वडामा अधिवेशन हुन सकेको छैन । धनुषाको पनि ६ वटा वडामा विवाद देखिएको छ । धनुषामा १६९ वडामध्ये १६३ वटा वडामा निर्वाचन सम्पन्न भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २, २०७८  १८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement