site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन पूर्व न्यायाधीश फोरमको अपिल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन अपिल गरेको छ । आज पत्रकार सम्मेलन गर्दै फोरमले न्यायपालिका जोगाउन माग गर्दै महाभियोग लगाउन आग्रह गरेको हो ।  

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा उपर न्यायधीशहरुको आचारसंहिता उल्लघंन गरेको तथा पूर्वन्यायाधीश फोरमद्वारा जारी विज्ञप्तीमा उल्लेख भएका १५ बुँदे आधारमा महाभियोग लगाउनका लागि पर्याप्त आधार भएको फोरमले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“सरकार, राजनीतिक दल, सांसदहरु लगायत संविधान र प्रजातन्त्रप्रति आस्था राख्ने सम्पूर्ण चेतनशिल नागरिक समक्ष आफ्नो संवैधानिक कर्तव्य निर्वाह गरी न्यायपालिका जोगाउन हामी माग गर्दछौं,” प्रेस विज्ञप्तिमा भनिएको छ । 

फोरमले आज पत्रकार सम्मेलन गर्दैै प्रधानन्याधीशले वार्ताका लागि जारी गरेको विज्ञप्ति भ्रष्टार लुकाउन गरेको दुष्प्रयास भएको आरोप समेत लगाएको छ । 

Global Ime bank

“आज मिति २०७८/७/२९ गते प्रधानन्यायाधीस चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ती न्यायका बिचलन तथा भ्रष्टचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन,” फोरमले भनेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement