राजनीति
काठमाडौं । वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्वमहासचिव सतिशकृष्ण खरेलले बारको आन्दोलन प्रधानन्यायाधीशको राजीनामाबाट मात्र नटुंगिने बताएका छन् ।
आइतबार बार परिसरमा गरिएको प्रदर्शनमा उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाले मात्रै आन्दोलन नरोकिने बताए । “यो आन्दोलन जुन चरणमा गएको छ, सामान्य राजीनामाबाट टुंगिने छैन । निश्चित व्यक्तिहरूको सम्पत्तिको पूर्ण छानबिन हुनुपर्ने विन्दुमा नपुगी बारले आन्दोलन रोक्दैन,” उनले भने ।
उनले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन भने आग्रह गरे । राजीनामा नदिँदा निम्तिने परिणाम प्रधानन्यायाधीशलाई नै पीडादायी हुने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८ १२:४५
प्रतिक्रिया दिनुहोस्