सुर्खेत । प्रधानमन्त्रीको कार्यभार समेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाँण सुुदूरपश्चिम क्षेत्रका डडेलधुरा, बझाङ र बैतडीका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा सुर्खेत आइपुगेका छन् ।
मन्त्री खाँणले ती जिल्लाको बाढी–पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनर्निर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तरक्रिया समेत गर्नेछन् । गएको असोज ३१ देखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढी–पहिरोका घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।
गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायत नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गरे । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् । रासस