site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्वेच्छाले राजीनामा दिनुभयो भने मात्र सम्मानजनक बहिर्गमन सम्भव छ : हरिहर दाहाल
फाइल तस्बिर ।

काठमाडौं । वरिष्ठ अधिवक्ता हरिहर दाहालले स्वेच्छाले राजीनामा दिए मात्र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सम्मानजनक बहिर्गमन सम्भव भएको बताएका छन् । तीनवर्षे कार्यकालमा सर्वोच्च न्यायालय विकृत भएर राजीनामा माग भइसकेपछि सम्मानजनक बहिर्गमन स्वेच्छाको राजीनामा मात्र हुने उनले बताए ।

नेपाल बार एसोसिएसनको आन्दोलनमा बारको पूर्वअध्यक्ष समेत रहेका दाहालले मंगलबार प्रधानन्यायाधीशले पदको गरिमा र प्रतिष्ठा गुमाइसकेकाले स्वेच्छाले राजीनामा दिएर ‘बर्खास्त’अगावै बाहिरिने कुरा सबैभन्दा समानजनक हुने बताए ।

Dabur Nepal
NIC Asia

“नेपाल बार एसोसिएसनले धेरै वर्ष भइसकेको छ सर्वोच्च अदालतको विकृतिका विषय उठाएको । यो उत्कर्ष हो,” दाहालले भने, “योग्य र सक्षम मान्छेलाई नियुक्ति गर्नुपर्‍यो भन्दै आएका हौँ । चोलेन्द्रजीको नियुक्तिपछि न्यायाधीशको नियुक्तिको विषयमा पनि प्रश्न उठिरहेको छ । यसलाई पुनरवलोकन गर्नैपर्ने अवस्था छ ।”

उनले २०७५ साउनदेखि न्यायालय शुद्धीकरण अभियान सुरु भएपछि बार–बेन्च समन्वय समिति गठन भएको र पेसी अटोमेसन समिति र विकृति–विसंगति र भ्रष्टाचार अध्ययन समिति बनेको पनि बताए । “ती समितिले प्रतिवेदन बुझाइसकेको अवस्था छ, प्रतिवेदनले नै धेरै कुरा भनिसकेको अवस्था छ,” दाहालले भने, “प्रतिवेदनले भनिसकेका कुरा प्रधानन्यायाधीशले स्वीकार्नुभएको छ । तर, सुधारका लागि बाधक बन्नुभएको छ । अब उहाँले बिदा लिनैपर्ने अवस्था आएको छ ।”

उनले न्यायालय सुधारका लागि आफू लागिरहेको र आफ्नो कुनै निजी स्वार्थ पनि नरहेको भन्दै अबको आन्दोलनलाई निस्कर्षमा पु¥याउन आह्वान पनि गरे । “म ७० वर्ष हुन लागेँ । न्यायालयको गरिमा बढेर जाओस् भन्ने लागेर म आन्दोलनमा छु । मैले अब लिनुपर्ने कुरा के नै छ र ?,” वरिष्ठ अधिवक्ता दाहालले भने, “बारका तर्फबाट लामो समयदेखि न्यायालय सुधारको अभियान थालिएको हो । सुधारको अभियानले ठोस रूप लिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाधक बनेको बन्नुभएको छ ।”

उनले वरिष्ठ अधिवक्ता शम्भु थापा र आफू न्यायाधीश नियुक्ति हुने वा अन्य लाभका पदमा जाने ठाउँ बाँकी नरहेको भन्दै निस्वार्थ भएर लागेको सुधार आन्दोलनमा प्रश्न नउठाउन र कसैको उक्साहटमा नलाग्न ‘सेतोपट्टीधारी’ वकिलहरूलाई सुधाव दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro