राजनीति
काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरूबीचको बैठक सुरु भएको छ ।
पछिल्लो समयमा विभिन्न कारणले अप्ठ्यारोमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीच छलफल भएको हो । सर्वोच्चकै हलमा छलफल हुँदै छ ।
छलफलमा सर्वोच्चका सबै न्यायाधीश उपस्थित छन् ।
यसअघि, सोमबार प्रधानन्यायाधीशले पेसी तोकेको इजलासमा सर्वोच्चका १३ न्यायाधीश गएका थिएनन् । पछिल्लो समय न्यायालय विवादमा मुछिएको र त्यसमा प्रधानन्यायाधीशको भूमिकालगायत विषयमा उनीहरू असन्तुष्ट छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८ १२:०३
प्रतिक्रिया दिनुहोस्