site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
न्यायालय, संसद्मा तमासा भइरहेको छ : ओली
Sarbottam CementSarbottam Cement

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले न्यायालय र संसद्मा ‘तमासा भइरहेको’ टिप्पणी गरेका छन् ।

अदालत लोकतन्त्रको स्तम्भ भएको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र शक्ति पृथकीकरणको सिद्धान्तबमोजिमको न्यायालय हुनुपर्नेमा जोड दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार विराटनगरमा प्रेस चौतारी मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “यस प्रकरणका क्रियाकलापहरू सम्मानित सर्वोच्च अदालतजस्ता ठाउँमा हुनु हुँदैन ।” ‘परमादेशअघिकै सेटिङ’का कारण तमासा भइरहेको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने/नपर्ने विषयमा भने एमालेको कतैपट्टि पक्षधरता नरहेको उनले स्पष्ट पारे ।

Global Ime bank

अर्को प्रसंगमा उनले संसद्ले पनि कुनै काम गर्न नसकेको बताए । “हामी सरकारमा हुँदा एकजना उभियो संसद्मा भने व्यवधान खडा भएको हुनाले संसद् स्थगित हुन्थ्यो,” उनले भने, “अहिले नेकपा (एमाले)जस्तो देशको सबभन्दा ठूलो पार्टी र प्रमुख प्रतिपक्षले विरोध जनाउँदा जस्केलाबाट हामफालेर, झ्यालबाट हामफालेर, करिडोरबाट छिरेर, पछाडिको ढोकाबाट छिरेर, झ्यालबाट छिरेर मन्त्री आउने र कार्यक्रम सञ्चालन भयो भन्ने तमासा त छँदै छ नि !”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०९:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय