site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
वाग्मती प्रदेशसभा : समिति सभापति चयनका लागि निर्वाचन प्रक्रिया सुरू
फाइल तस्बिर

हेटाैँडा । वाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समितिका सभापति चयन गर्न निर्वाचन प्रक्रिया बिहीबारदेखि सुरू हुँदै छ । प्रदेशसभाअन्तर्गतको समितिका सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि दलहरूबीच सहमति हुन नसकेपछि बिहीबारदेखि निर्वाचन प्रक्रिया सुरू गर्न लागिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए । 
 
सभापति चयनका लागि बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक, शुक्रबार मनोनयन दर्ता र जेठ ५ गते शनिबार मतदान हुनेगरी निर्वाचन प्रक्रिया सुरू गर्न लागिएको उनले बताए । 

प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा लामो समयदेखि सभापति चयन हुन नसक्दा समितिहरूको कामकाज प्रभावित हुँदै आएको छ ।
 
कुल ११० सदस्यीय वाग्मती प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २७, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro