site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत 
फाइल तस्बिर

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत प्राप्त गरेका छन् । बिहीबार प्रदेशसभा बैठकमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षको बहिष्कारका बीच सोडारीले विश्वासको मत प्राप्त गरेका हुन् ।

दुई दलको बहिष्कारबीच भएको मत विभाजनमा सोडारीले २८ मत पाए भने विपक्षमा शून्य मत परेको छ । सोडारीले पाएको मत ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत रहेकाले विश्वासको मत बहुमतले स्वीकृत भएको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे । 

एक मत रहेको राप्रपा तटस्थ बसेको छ । सोडारीलाई एमालेका ११, माओवादीका १०, नेकपा (एकीकृत समाजवादी)का चार, नाउपाका दुई र स्वतन्त्र एक सांसदले मत दिएका छन् । 

यसअघि प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस र नाउपाको रेशम चौधरी पक्षका सांसदले विरोधसहित नाराबाजी गरेका थिए । विरोधका बीच सभामुख भण्डारीले मतदान प्रक्रियाअगाडि बढाएपछि उनीहरूले बैठक बहिष्कार गरेका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro