site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बारको निष्कर्ष : प्रधानन्यायाधीशले अब सम्हाल्न सक्नुहुन्न, निकास दिनुपर्छ
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । सोमबार बसेको बारको बैठकले प्रधानन्यायाधीशले आज बैठक बेलाउने भनेपनि नबोलाएको र सर्वोच्च अदालतभित्रका न्यायाधीशहरूले बैठक बहिष्कार गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै राणाले पदबाट निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

उनले प्रधानन्यायाधीशका कारण जनताले न्याय पाउन नसकेको बताए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

अध्यक्ष श्रेष्ठले कोही एक व्यक्तिको कारण न्यायपालिकालाई बन्दी बनाउन नमिल्ने तर्क गरे ।

"आफ्नै अदालत भित्रका न्यायाधीशहरूलाई पनि विश्वास लिन नसकिने स्थितिमा पुगिसकेको रहेछ । १४ जना सर्वोच्च अदालतकै न्यायाधीशहरूले बैठकमा हामी नजाने भनेर बैठक बहिष्कार गर्नुभयो । न्यायका लागि आएका जनताले न्याय पाउन सकेका छैनन् । हामी निष्कर्षमा पुगेका छौँ कि, न्याय प्रशासनको मुख्य जिम्मेवारी भएको प्रधानन्यायाधीशले अब सम्हाल्न सक्नुहुन्न, सफल हुन सक्नुभएन, उहाँले निकास दिनुपर्छ, न्यायापालिकालाई बन्दी बनाइ राख्नु हुँदैन," उनले भने ।

Royal Enfield Island Ad

अध्यक्ष श्रेष्ठले मंगलबार बिहान ११ बजे बस्ने बारको बैठकमा पदाधिकारीहरूको निष्कर्षबाट ठोस निर्णय लिइने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro