राजनीति
काठमाडौं । प्रदेश नम्बर–१ मा नेकपा (एमाले)का तर्फबाट पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै निवेदन दर्ता गराइएको छ ।
एमालेले आउँदो १५ गते बैठक राख्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको हो ।
प्रदेशसभा सचिवालयले दुई दलको तर्फबाट निवेदन दर्ता गराइएको जानकारी दिएको छ ।
सभामुख प्रदीपकुमार भण्डारीले आजको बैठक के गर्ने र कहिले तोक्ने भन्ने विषयमा छलफल सुरु गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची छ ।
यसअघि, नेपाली कांग्रेसले बैठक रोक्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८ १२:१७
प्रतिक्रिया दिनुहोस्