देश
काठमाडौं । गत असोज २६ गते मुगुमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३ पुगेको छ । उपचाररत थप एकजनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३३ पुगेको हो ।
सुर्खेतदेखि मुगु यात्राका लागि गुडेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका ७ पिना टपने खोलामा दुर्घटनाम हुँदा ३२ जनाको मृत्यु अगाडि नै भइसकेको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत छायानाथ रारा नगरपालिका १४ का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको हो ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८ १८:२०
प्रतिक्रिया दिनुहोस्