देश
काठमाडौं । अविरल वर्षासँगै बाढी–पहिरोका कारण कैलाली र कञ्चनपुरबाहेक सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा इन्टरनेट र यातायात सेवा अवरुद्ध भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कञ्चनपुर र कैलालीको तराई क्षेत्रबाहेक अरू सबै जिल्लाहरूमा यातायात, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध भएको छ । उक्त सेवाहरू अवरुद्ध हुँदा सबै क्षेत्रमा भएको क्षतिको विवरण प्राप्त गर्न कठिनाइ भएको प्रहरीले जनाएको छ ।
पहाडी जिल्लामा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । यातायात सेवा अवरुद्ध हुँदा उद्धार र राहत वितरण कार्यमा समेत समस्या भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८ ११:०१
प्रतिक्रिया दिनुहोस्