अर्थ व्यवसाय
काठमाडौं । एनएमबि बैंकले चाडपर्वलक्षित छुट योजना ल्याएको छ ।
घटस्थापनादेखि बिगमार्टबाट विभिन्न सामानको पोसमार्फतको हरेक खरिदमा १० प्रतिशतदेखि ३०० सम्मको क्यास ब्याक सुविधा पाइने बैंकले जनाएको छ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहनेछ ।
बैंकले देशभरि १८१ शाखा, १३७ एटीएमहरू, नौ एक्सटेन्सन काउन्टरहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २५, २०७८ १३:३३
प्रतिक्रिया दिनुहोस्