site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बदनामी हुने र विवादमा पर्ने कुनै काम नगर्न मन्त्रीहरूलाई माधव नेपालको निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई निर्देशन दिएका छन् ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा पार्टीबाट मन्त्री बनेकालाई बोलाएर अध्यक्ष नेपालले ठूलो जिम्मेवारी राष्ट्र, पार्टी र जनताले सुम्पेको भन्दै बदनामी हुने र विवादमा पर्ने कुनै पनि काम नगर्न निर्देशन दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

विकृति, विसंगति, भ्रष्टाचार र अनियमितता भन्ने शब्द स्वीकार्य नहुने भन्दै उनले यस कुरालाई विशेष ख्याल गर्न निर्देशन दिए । उनले पारदर्शी बन्न र आचारसंहिताको पूर्ण पालना गर्न पनि निर्देशन दिए ।

अध्यक्ष नेपालले पार्टीभित्र एकलौटी गरेकाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गर्नुपरेको पनि उल्लेख गरे । प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक कार्य गरेका ओलीले पदका लागि जे पनि गरेको र आलोचना गर्नेका लागि ढोका बन्द गरेको उनको आरोप छ ।

Global Ime bank

नेकपा (एकीकृत समाजवादी)बाट चार मन्त्री र एक राज्यमन्त्री वर्तमान सरकारमा सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय