खेल
काठमाडौं । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) ट्वान्टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ ।
शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा राइनोजलाई चार विकेटले हराउँदै चितवन पहिलोपटक च्याम्पियन बनेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य चितवनले १५.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
खेलमा किपिङ गर्ने क्रममा पोखराका कप्तान विनोद भण्डारीको मुखमा बलले लागेको थियो । राम्रोसँग बललाई ‘जर्ज’ गर्न नसक्दा मुखमा लागेको हो । उनलाई प्राथमिक उपचारका लागि मैदानबाट बाहिर लगिएको थियो ।
ठूलो संख्यामा दर्शक खेल हेर्न पुगेका थिए ।
प्रकाशित मिति: शनिबार, असोज २३, २०७८ १६:२०
प्रतिक्रिया दिनुहोस्