जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
गएको साता प्रदेश नम्बर–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो । त्यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।
उनीहरूले प्लेकार्ड र ब्यानरसहित बर्दिबास पुगेर अख्तियारलाई सत्यतथ्य छानबिन गर्न ध्यानाकर्षण गराएका हुन् । उनीहरूले ‘भ्रष्टाचारीलाई कारबाही गर’, ‘भ्रष्ट सरकार राजीनामा दे’, ‘सत्यतथ्य छानबिन गर’ भन्दै नाराबाजी गरेका थिए ।
डा. राउतले पनि प्रदेश सरकार भ्रष्टाचारमा लिप्त रहेको आफ्नो आधिकारिक फेसबुकमार्फत आरोप लगाएका थिए ।