काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।
सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले तीन बुँदे सहमति कार्यान्वयन गर, सम्पूर्ण राजवन्दी रिहाइ गर, झुठा मुद्दा खारेज गर लगायत नारा लगाएका थिए ।
यस्तै सोमबार नै नेकपा महासचिव बिप्लवले विज्ञप्ती जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर त्यही कार्यान्वनय नभएको भन्दै अविलम्ब कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । विषयको गम्भीरता र संवेदनशीलतालाई दृष्टिगत गरी बन्दी रिहा र मुद्दा खारेज गर्नका निम्ति एक विशेष कार्यदल बनाएर कार्य सम्पादन गरी विषयको छिटोभन्दा छिटो निरुपणको अपेक्षा गरेको उहाले बताएका छन् ।