राजनीति
काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा हुने सक्ने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले शुक्रबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीले निर्णय गरेमा प्रचण्डसँग आफू चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।
उनले अहिले ठूलो संख्याका नेता तथा कार्यकर्ताले प्रचण्डको साथ छोडेको दाबी गरे । त्यस्तै उनले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नेभन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको आरोप पनि लगाए ।
थापाले लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध वर्तमान सरकार लागेको धारणा राखे ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८ १४:१२
प्रतिक्रिया दिनुहोस्