site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले विकासोन्मुख देशलाई थप ५० करोड डोज खोप दिने
Siddhartha BankSiddhartha Bank

बीबीसी । अमेरिकाले विकासाेन्मुख मुलुकलाई थप ५०० मिलियन (५० करोड) डोज फाइजर खोप दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइन कोभिड–१९ सम्मेलनमा सो प्रतिबद्धता गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

योसँगै अमेरिकाले बाँड्नका लागि प्रतिबद्धता जनाएको खोपको कुल परिमाण एक अर्बभन्दा बढी पुग्नेछ । अमेरिकाले यसअघि नै ५८ करोड डोज खोप दिने प्रतिबद्धता गरिसकेको छ । तर, करिब १४ करोड डोजमात्र उपलब्ध गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वको कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन ११ अर्ब मात्रा आवश्यक पर्ने विज्ञहरू बताउँछन् ।

विश्व स्वास्थ्य संगठनले २०२१ को अन्त्यसम्म प्रत्येक देशमा न्युनतम ४० प्रतिशत भ्याक्सिन खोप पुर्‍याउने लक्ष्य लिएको छ । तर, लक्ष्य पूरा हुने सम्भावना छैन ।

Global Ime bank

अक्सफोर्ड विश्वविद्यालयका अनुसार उच्च आय भएका देशहरूले अहिलेसम्म आधा भन्दा धेरै जनसंख्यालाई कम्तीमा एक मात्रा खोप दिएका छन् जबकि न्युन आय भएका देशहरूका केवल २ प्रतिशत जनसंख्याले मात्र पहिलो डोज खोप लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय