देश
काठमाडौं । वीर अस्पतालका छाती रोग विशेषज्ञ डा. अशेष ढुंगानाले सरकारले घोषणा गरेको प्रबल जनसेवाश्री पदक नलिने बताएका छन् ।
पदकका लागि नाम घोषणा भएलगत्तै डा. ढुंगानाले सामाजिक सञ्जालमार्फत संविधान दिवसको अवसरमा सरकारले दिन लागेको पदक नलिने निर्णय गरेको बताएका हुन् ।
विभूषण सिफारिस कार्यविधि एवं प्रदानसम्बन्धी मापदण्ड–२०७५ अनुसार निजामती कर्मचारीको तह र श्रेणी र शैक्षिक पद सहप्राध्यापकसरह नमिलेकाले आफूले पदक अस्वीकार गरेको डा. ढुंगानाले बताएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८ १४:१२
प्रतिक्रिया दिनुहोस्