site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस अधिवेशन : काठमाडौंका १३८ वडाका लागि मतदान अधिकृत चुनिँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं जिल्लाको वडा अधिवेशन ५ असोजमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले खटाएको निर्वाचन अधिकृत नरहरि आचार्य कार्यस्थलमा पुगेसँगै अधिवेशनको तयारी सुरु भएको हो ।
 
निर्वाचन अधिकृत आचार्य र जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ सवुज मिलेर मतदान अधिकृत चयन गर्न थालेका छन् । १३८ वडा रहेको काठमाडौंमा मतदान बन्ने आकाक्षिंहरू तीन सयको हाराहारीमा रहेको सभापति बानियाँले बताए । 

“मतदान अधिकृत बन्न चाहानेको संख्या धेरै छ । हामी आजै टुंग्याउन लागि परेका छौँ,” उनले भने, “निर्वाचन अधिकृतलाई सबै अधिकार छ । समस्या परे म आफैँ उपस्थित हुन्छु ।” 

प्रजातान्त्रिक कानुन व्यवसायी संघ र नेपाल शिक्षक संघबाट मतदान अधिकृत तोकिने छन् । 

संघीय राजधानी काठमाडौंमा क्रियाशील सदस्यताको सूची सार्वजनिक नहुँदा १८ भदौमा हुनुपर्ने वडा अधिवेशन रोकिएको थियो । मंगलबारमात्र क्रियाशील विवाद समाधान कार्यदलले क्रियाशील सूची निर्वाचन समितिलाई बुझाएपछि अधिवेशन सुनिश्चित भएको हो । सूची सार्वजनिक भएपश्चात् बुधबार केन्द्रीय निर्वाचन समितिले काठमाडौंका लागि वरिष्ठ अधिवक्ता नरहरि आचार्यलाई निर्वाचन अधिकृत तोकेको थियो । 

कार्यभार सम्हालेपछि निर्वाचन अधिकृत आचार्यले जिल्ला कार्यसमितिसँग आज बैठक सम्पन्न गरेका हुन् । बैठकले ५ असोजमा अधिवेशन गर्ने निर्णय गर्दै मतदान अधिकृत तोक्ने निर्णय गरेको बानियाँले बताए । 

१० निर्वाचन क्षेत्र भएको काठमाडौंमा ११ वटा नगरपालिका रहेको छन् । जसमा १ सय ३८ वडा रहेको छ । आज भएको छलफलले मंगलबार सबै वडाको अधिवेशन सक्ने निर्णय भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १७:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro